सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आइतबार एक मात्र खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।
यो खेल साँझ पौने पाँच बजे सुरु हुनेछ । सात खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको थ्रीस्टार हिमालयनलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।
सात खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको हिमालयन पनि जित हात पार्दै तेस्रो स्थानको संकटा र चौथो स्थानको आर्मीसँग अंक बराबरी गर्न चाहन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।