तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जिप अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।  

त्यस्तै, दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ५३ वर्षीय पदम बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा  निधन भएको जनाइएको छ । दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

जिप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १०:२८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया