‘ए’ डिभिजन लिग : गोल्डेन बुटको लागि ओलावाले र सुनिलबीच टक्कर

जारी ‘ए’ डिभिजन फुटबल लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । आठौं चरणको खेल सकिनै लाग्दा यो सूचीको शीर्ष स्थानमा मनाङ मर्स्याङ्दीका ओलावाले अफिज उक्लिएका छन् । 

शनिबार च्यासल युथ क्लबविरुद्ध तीन गोल गरेपछि उनी सूचीको शीर्षमा उक्लिएका हुन् । ​नाइजेरियन फरवार्ड अफिजले जारी लिगमा ७ खेलमा ५ गोल गरिसकेका छन् । उनले एक खेल भने खेल्न पाएनन् । साथै, ओलावाले जारी लिगमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाडीसमेत बनेका छन् ।  

यसपालि लिगको अन्तिमसम्म सर्वाधिक गोल गर्ने सूचीको शीर्षमा रहन सके खेलाडीले गोल्डेन बुट हात पार्ने छन् । आठ म्याच खेल्दा गोल्डेन बुट दौडको दोस्रो स्थानमा मछिन्द्र फुटबल क्लबका सुनिल बल छन् । उनले ८ खेलमा ५ गोल गरेका छन् ।

त्यस्तै, यो सूचीको तेस्रो स्थानमा सातदोबाटो युथ क्लबका अजयी मार्टिन्स रहेका छन् । उनले ७ खेलमा चार गोल गरेका छन् । मार्टिन्सले एपिएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक गरेका थिए । गोल्डेन बुट दौडको चौथो स्थानमा नेपाल एपिएफ क्लबका आशिष लामा छन् । उनले ८ खेलमा चार गोल गरेका छन् । 

त्यस्तै, हिमालयन शेर्पाका पिस्टोन मुटुम्बा, च्यासल युथ क्लबका रुमेश बर्तौला, नेपाल पुलिस क्लबका सुमन लामा, न्यू रोड टिम (एनआरटी) का मेसुके ओलोमो, मनाङमा दिनेश राजवंशी, मनाङकै अञ्जन विष्ट, जावलाखेल युथ क्लबका निकोलस फर्नान्डेज, संकटा क्लबका उत्तम राई, एपिएफ क्लबका बिकी तामाङ र संकटाका निरज बस्नेतले तीन/तीन गोल गरेका छन् ।  





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १२:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया