कृष्ण कार्कीको कप्तानीमा लुम्बिनीको टोली घोषणा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगिताका लागि कृष्ण कार्कीको कप्तानीमा लुम्बिनी प्रदेशले १४ सदस्यीय टोली घोषणा गरेको छ । प्रतियोगिता पुष २६ देखि माग ५ सम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको समूह ‘बी’मा लुम्बिनी, बागमती प्रदेश, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश छन्। 

लुम्बिनीले पुष २६ गते मूलपानी क्रिकेट मैदानमा बागमती प्रदेशसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । 

लुम्बिनीको टोली : कृष्ण कार्की (कप्तान),सौरभ खनाल (उप कप्तान),देव खनाल, विक्रम भुषाल, अनिल खरेल, दुर्गेश गुप्ता, विशाल विक्रम केसी, सन्दीप रजाली,सिद्धान्त राज शाही, मोहन खत्री, सुशान्तसिंह थापा, दिपेन्द्र रावत, वसिर अहमद र तुलबहादुर थापा 

वैकल्पिक खेलाडी : दिलसाद अली, राजवीर सिंह, निर्मल गुरुङ र नरेशकुमार नेपाली 

प्रशिक्षक : दिपेन्द्र प्रताप सिंह



व्यवस्थापक : नासिर अन्सारी 



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १२:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया