भारतमा एकैदिन थपिए १ लाख ५९ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा पछिल्लो चौबिस घण्टामा १ लाख ५९ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतमा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सोही दिन कोरोनाका भारतमा ३२७ जनाको मृत्यु भएकोछ । 

हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ९० हजार रहेको छ । कोरोना भाइरसका कारण हालसम्म भारतमा ४ लाख ८३ हजार ७९० जनाले ज्यान गुमाइसकेका छन् । 

भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित निरन्तर बढीरहेका छन् । भारतमा हालसम्म ३ हजार ६२३ जनामा ओमिक्रोन संक्रमण पुष्टी भइसकेको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १२:५७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया