राजु रिजालले सुदूरपश्चिमबाट प्रधानमन्त्री कप खेल्ने

विभागीय टोली त्रिभुवन आर्मी क्लबका विकेटकिपर/ब्याटर राजु रिजालले यो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशबाट खेल्ने भएका छन् । 

भोलिदेखि ५ माघसम्म हुने प्रतियोगिताका लागि सुदूरपश्चिमले राजुलाई समेट्दै सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । राजुले यसअघिका चारै संस्करणको प्रधानमन्त्री कप आर्मीबाट खेलेका थिए । 

समूह ‘ए’ मा सुदूरपश्चिम, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र कर्णाली प्रदेश छन् । सुदूरपश्चिमले २६ पुसमा मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लबविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । 

सुदूरपश्चिमको टोली : सन्तोष भट्ट (कप्तान), शेर मल्ल (उप-कप्तान), राजु रिजाल (विकेटकिपर), खड्कबहादुर बोहरा, अर्जुन साउँद, नारायण जोशी, दीपक टमाटा, कैलाश ऐर, आदित्य महता, विकाश आग्री, हेमन्त धामी, गजेन्द्र बोहरा, वसन्त कार्की र दीपक बोहरा ।

वैकल्पिक खेलाडी : मिलन बोहरा, अनुराग सिंह, नरेन भट्ट र सत्यराज विष्ट ।

प्रशिक्षक : खेमराज भट्ट ।



व्यवस्थापक : लक्ष्मणदत्त भट्ट ।



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १३:०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया