अफ्रिका कपलाई कोरोनाले पनि नराेक्ने

अफ्रिका कप अफ नेसन्स आज (आइतबार)देखि सुरु हुँदैछ । 

प्रतियाेगिता सुरु हुनुभन्दा पहिला अफ्रिकी फुटबल महासंघ (काफ)ले सहभागी देशका खेलाडीलाई काेराेना संक्रमण भएपनि मैदानमा उतार्नु पर्ने बताएकाे छ ।
 
काफले अचम्मकाे नियम निकाल्दै कुनै पनि गोलरक्षक नभएको स्थितिमा पनि खेलाइने जनाएकाे छ।

यदि कुनै टिमले संक्रमणका कारण टिम मैदानमै उतार्न नसकेकाे स्थितिमा विपक्षी टाेलीलाई २-० को जित प्रदान गरिने छ ।

अहिले प्रतियोगितामा सहभागी अधिकांश टाेली संक्रमणका कारण तनावमा छन् । 

अब प्रश्न हुन सक्छ, मैदानमा  दुवै टाेलीले ११-११ खेलाडी पनि जुटाउन सकेनन् भने ? काफले प्रतियोगिताका क्रममा विषम परिस्थिति आएमा थप आवश्यक निर्णय गर्ने जनाएकाे छ । त्यसको अर्थ काफले कुनै पनि अवस्था र सर्तमा प्रतियोगिता नराेक्ने मनसायमा छ।

प्रतियाेगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलाे खेल नेपाली समय अनुसार राति पौने १० बजे क्यामरुन र बुर्किना फासोबीच हुनेछ । 



त्यस्तै अर्को खेल पौने १ बजे इथियाेपिया र केप भार्डेबीच हुनेछ । 



  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १३:२८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया