सिड्नीविरुद्धको खेलमा पनि सन्दीपले पाए टिममा मौका

अस्ट्रेलियामा जारी बिग बास लिग (बिबीएल) अन्तर्गत सिड्नी थन्डरविरुद्ध पनि होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टोलीमा मौका पाएका छन् । भोलि (सोमबार) हुने खेलका लागि होबार्टले आइतबार घोषणा गरेको १५ सदस्यीय टोलीमा सन्दीपले पनि मौका पाएका हुन् ।

यसअघि उनले लगातार १० म्याच खेलिसकेका छन् । सन्दीपले १० म्याच खेल्दा १० विकेट लिएका छन् । पछिल्लो खेलमा उनले ब्रिसबेन हिटविरुद्ध ४ ओभरमा २३ रन दिएर २ विकेट लिएका थिए । 

सिड्नीविरुद्ध पनि होबार्टको कप्तानी पीटर ह्यान्सकम्बले नै गर्ने छन् । म्याथ्यू वेडले विश्राम लिएपछि अघिल्लो खेला पनि ह्यान्सकम्बले नै होबार्टको कप्तानी गरेका थिए । टोलीमा ह्यारी ब्रुक र जोर्डन थम्सनले फर्किएका छन् । अघिल्लो खेलमा यी दुवै खेलाडी टिममा अटाएका थिएनन् । 

होबार्ट र सिड्नीबीचको खेल सोमबार दिउँसो २ बजेदेखि सुरु हुनेछ । जारी लिगमा होबार्टले १० म्याच खेल्दा पाँचमा जित र पाँच खेलमा हार बेहोरेको छ । सिड्नीले १० म्याचमध्ये सातमा जित र तीन खेलमा मात्र हारको सामना गरेको छ ।  

 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १४:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया