यी हुन् भ्याट नदिर्ने ३३१ निर्माण व्यवसायीदेखि सञ्चार उद्यमीसम्म
फाइल तस्वीर

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न ३३१ संघसंस्थालाई ताकेता गरेको छ । आन्तरिक राजस्व कार्यालय पुतलीसडक र बानेश्वरले आइतबार सूचना सार्वजनिक गर्दै भ्याट दाखिला गर्न ताकेता गरेको हो ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले ९६ जना करदातालाई ७ दिनभित्र र पुतलीसडकले २३५ करदातालाई १५ दिनभित्र मूल्य अभिवृद्धि करको बक्यौता रकम दाखिला गर्न भनेको छ ।

आन्तरिक राजस्व कार्यालय बानेश्वरका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा लामा कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष जिपछिरिङ लामाले भ्याट तिरेका छैनन् । त्यस्तै, निलम्बित सांसद हरिनारायणप्रसाद रौनियारको पप्पु कन्स्ट्रक्सनले पनि कर तिर्न बाँकी छ । आन्तरिक राजस्व कार्यालयले सार्वजनिक गरेको सूचनामा सनलाईट मल्टिपर्पोज प्रालिले पनि भ्याट तिर्न बाँकी छ ।

त्यस्तै, बिरुवा कन्स्ट्रक्सन (सुबित श्रेष्ठ), शर्मा एन्ड कम्पनी (रमेश शर्मा), कान्छाराम निर्माण सेवा (कान्छाराम लामा), श्यामसुन्दर निर्माण सेवा (शशिधर रिजाल), लोकप्रिय निर्माण सेवा (सुशील कार्की), डाँफे कन्स्ट्रक्सनसहित दर्जनौं निर्माण व्यवसायीले भ्याट तिर्न बाँकी छ ।

एभिन्युज टेलिभिजन प्रालि, एसिया प्यासिफिक कम्युनिकेसन एसोसिएट्स नेपाल प्रालि र न्यूज मिडिया प्रालिका सञ्चालक प्रभाशंकर श्रीवास्तव, कम्युनिकेट मिडिया प्रालि, बिजमान्डु प्रालि, स्पेसटाइम नेटवर्क प्रालि, माइन्ड वक्र्स मिडिया एन्ड इभेन्ट्स प्रालि, अनश्वर मिडिया प्रालिलगायत सञ्चारमाध्यमले पनि कर नबुझाएको सूचनामा उल्लेख छ ।





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १४:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया