खेलकुदको विकासमा सरकारको ध्यान पुग्न सकेन : गण्डकी प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारको ध्यान अझै पुग्न नसकेको बताएका छन् ।

आइतबार गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । सरकार चलाउन मात्रै दलका नेता केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरूको दृष्टिकोण पुग्न नसकेको उनको भनाइ थियो ।

प्रमुख गुरुङले भने, ‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिने काम राज्यले दिनुपर्छ । खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवर्द्धन हुन सक्छ । कर्पोरेटको व्यावसायिक प्रवर्द्धन भएको छ । कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गरे । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भए पनि अहिले खेलकुद व्यापक भएको उनले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रूपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताए ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार १८:३३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया