इटालियन सिरी ए अन्तर्गत आइतबार साँझ भएकाे खेलमा एसी मिलानले जित हात पारेकाे छ ।
मिलानले १० खेलाडीमा सीमित घरेलु टाेली भेनेजियामाथि ३-० काे सहज जित हात पारेकाे हाे ।
याे जितसँगै एसी मिलान सहरी प्रतीद्वन्द्वी इन्टर मिलानलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएकाे छ ।
पिएरी लुईगी पेन्जाे स्टेडियममा मिलानलाई जित दिलाउन थियाे हर्नान्डेजले दुई र ज्लाटन इब्राहिमोभिचले एक गोल गरे ।
खेलकाे दोस्रो मिनेटमै इब्राहिमोभिचले गाेल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
४८ औं मिनेटमा हर्नान्डेजले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
५८ औं मिनेटमा माईकल सभाेबाेडाले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि भेनेजिया १० खेलाडीमा सीमित बन्याे ।
५९ औं मिनेटमा हर्नान्डेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गाेल गर्दै मिलानलाई सहज जित दिलाए ।
याे नतिजासँगै शीर्ष स्थानमा उक्लिएकाे मिलानले २१ खेलमा ४८ अंक जाेड्दा दुई खेल कम खेलेकाे इन्टर ४६ अंकका साथ दोस्रो स्थानमा छ ।
पराजित भेनेजिया २० खेलमा १७ अंक जाेड्दै १६ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।