माधव नेपाल पनि आइसोलेसनमा

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । 

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको सचिवालयका अधिकांशलाई कोरोना देखिएको छ । 

नेपाल र दाहालबीच दाहाललाई कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा भेट भएको थियो । 

कन्ट्र्याक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पिसिआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक सम्पर्क बन्द रहेको उनको सचिवालयले जनाएको छ । 

यसअघि कन्ट्र्याक ट्रेसिङमा परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार २०:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया