एफए कप : सहज जित निकाल्दै लिभरपुल चाैथाे चरणमा

एफए कप तेस्रो चरण अन्तर्गत गए राति भएकाे खेलमा घरेलु टाेली लिभरपुल विजयी भएकाे छ।

लिभरपुलले श्रुसबरी टाउनमाथि ४-१ काे सहज जित हात पारेकाे हाे ।

एनफिल्डमा १ गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै लिभरपुलले खेल आफ्नो पक्षमा पारेकाे हाे।

खेलकाे २७औं मिनेटमा डानियल उधोले गाेल गर्दै श्रुसबरीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा कैडे गोर्डोनले गाेल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

४४औं मिनेटमा फाबिन्होले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।



७८औं मिनेटमा रोबर्टो फिर्मिनाेले गोल गर्दै लिभरपुललाई ३-१ ले अगाडि  बढाए ।

थप गरिएकाे समयमा फाबिन्होले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले सहज जित हात पार्‍याे।



प्रतियाेगिता अन्तर्गत गए राति नै भएका अन्य खेलमा जित हात पार्दै टाेटेनहम, कार्डिफ सिटी, उल्भ्स, वेस्टह्याम, नर्विच सिटी, लुटाेन टाउन र स्टाेक सिटीले पनि चाैथाे चरणमा स्थान बनाएका छन् ।

आर्सनल भने नाेटम फाेरेस्टसँग १-० ले पराजित हुँदै तेस्रो चरणबाटै बाहिरिएकाे छ ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ७:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया