अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुनले विजयी सुरुवात गरेको छ ।
क्यामरुनले आइतबार राति भएको उद्घाटन खेलमा बुर्किना फासोमाथि २-१ काे राेमाञ्चक जित हात पार्याे ।
ओलेम्बे स्टेडियममा एक गोलले पछि परेकाे अवस्थालाई उल्टाएर क्यामरुनले जित निकालेको हो।
खेलको २४औं मिनेटमा गुस्ताभो सान्गारेले गोल गर्दै बुर्किनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४०औं मिनेटमा भिन्सेन्ट अबुबाकरले पेनाल्टीमा गोल गर्दै क्यामरुनलाई १-१ को बराबरीमा ल्याए ।
पहिलो हाफको थप गरिएकाे समयमा अबुबाकरले पेनाल्टीमार्फत् नै व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २-१ ले अगाडि बढाए ।
दोस्रो हाफमा दुवै टाेलीबाट गाेल हुन नसक्दा क्यामरूनले राेमाञ्चक जित हात पार्याे ।
याे जितसँगै क्यामरूनले ३ अंक जाेड्दा बुर्किना फासाेले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ ।
प्रतियाेगिता अन्तर्गत गए राति नै भएकाे अर्काे खेलमा केप भार्डेले इथियाेपियालाई १-० ले पराजित गर्दै सुखद सुरुवात गरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।