ए डिभिजन लिग : आज आठाैं चरणकाे अन्तिम खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार आठाैं चरणकाे अन्तिम खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने एक मात्र खेलमा विभागीय टाेली नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) काे सामना गर्नेछ ।

दुवै टाेली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । खेल दिउँसाे १ बजेबाट सुरु हुनेछ।  

७ खेलमा ६ अंक जोडेर ११औं स्थानमा रहेको पुलिस ब्रिगेडलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा रहेको ब्रिगेड पनि पुलिसलाई हराएर अंक तालिकाकाेमाथि उक्लने प्रयासमा हुनेछ  ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ९:२६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया