साइप्रसमा भेटियाे काेराेनाकाे नयाँ भेरियन्ट, वैज्ञानिकले नाम दिए- डेल्टाक्राेन

साइप्रसमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट भेटिएकाे छ । नयाँ भेरियन्टलाई वैज्ञानिकहरूले ‘डेल्टाक्राेन’ नाम दिएका छन् ।

वैज्ञानिकहरूका अनुसार ‘डेल्टाक्राेन’ डेल्टा र ओमिक्राेन भेरियन्ट मिलेर बनेकाे हाे । साइप्रसमा  २५ जनामा डेल्टाक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ । जसमध्ये ११ जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

भाइरसका विभिन्न भेरियन्ट देखिने क्रममा गत नाेभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्राेन भेरियन्ट देखिएकाे थियाे ।

साइप्रसका स्वास्थ्यमन्त्री माइकल हाडजिपन्टेलाले यस भेरियन्टकाे बारेमा यस साता पत्रकार सम्मेलन गरी बताउने जनाएका छन् ।

नयाँ भेरियन्ट ‘डेल्टाक्राेन’काे बारेमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । 


 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ९:५६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया