भारतमा एकैदिन करिब एक लाख ८० हजार काेराेना संक्रमित

भारतमा कोरोना संक्रमणको दर उकालो लागिरहेको छ । बितेकाे २४ घन्टामा भारतमा एक लाख ७९ हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यसैगरी १४६ जना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या करिब ७ लाख २० हजारभन्दा बढी छ ।

भारतमा हालसम्म ४ हजार ३३ जनामा ओमिक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ५५ लाख २८ हजार ४ पुगेको छ भने हालसम्म चार लाख ८३ हजार ७९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १०:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया