म्यानमारको सैन्य अदालतले सूचीलाई चार वर्षको जेल सजाय सुनायो

म्यानमारको सैन्य अदालतले नजरबन्दमा रहेकी म्यानमारकी नेतृ तथा नोवेल शान्ति पुरस्कार विजेता आङ सान सूचीलाई चार वर्षको जेल सजाय सुनाएको छ । 

अदालतले उनलाई बिना लाइसेन्स वाकीटकी राखेको आरोपमा उक्त सजाय सुनाएको हो । 

म्यानमारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले कू गरी सत्ता हातमा लिएको थियो । त्यसपछि सुची लगायतका नेतालाई विभिन्न मुद्दा लगाई सेनाले नजरबन्दमा राखेको छ ।

गत डिसेम्बरमा कोरोना भाइरस नियन्त्रणसम्बन्धी मापदण्ड उल्लंघन गरेका कारण म्यानमारको अदालतले सूचीलाई चार वर्षको जेल सजाय सुनाएको थियो । पछि सजाय कटौती गरी साढे २ वर्षको नजरबन्द गरिएको थियो । यो सजायको अन्तर्राष्ट्रिय समुदायले विरोध गरेका थिए । 

सेनाले कू गरेपछि प्रजातन्त्र पुनर्बहालीको माग गर्दै म्यानमारमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा १ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ११:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया