सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार सिसिएमसिसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेपछि सोमबार मन्त्रायले यस्ताे निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयको सचिव स्तरीय कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।