राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

आगामी माघ १२ गतेदेखि हुने राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ।

आयोगले पुस २६ गते (सोमवार) बाट लागू हुने गरी राष्ट्रियसभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो ।

आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र सबै राज्यका निकायहरूलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए ।

उनका अनुसार निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्नको लागि पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ ।  

सम्बन्धित उम्मेदवारदेखि, राजनीतिक दल, अन्य संघसंस्थाहरूलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उनले अपील गरे ।



उपसचिव धमलाले भने, ‘आचारसंहिता भनेको नै मैले के गर्छु, के गर्दिन भन्ने एक प्रकारको स्व घोषणा पनि हो । यो नैतिक हिसावले एउटा नैतिक बन्धन हो । सँगै निर्वाचनकै आचारसंहिता भनेको कानुनी दायित्व भएको विषय पनि हो । यो बीचमा आज २६ गतेबाट आचारसंहिता लागू भएको छ । यो निर्वाचन सम्पन्न नहुन्जेल लागू हुन्छ । सम्बन्धित सबै सरोकारवालाहरूलाई उम्मेदवारदेखि, रजनीतिक दल, अन्य संघसंस्थाहरूलाई अध्ययन गर्न र आचारसंहिताले नगर भनेका कुरा नगर्न अपीलसमेत गर्दछु। ’

सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरूलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाइएकाे बताए ।



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १३:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया