एनआरएनए निर्वाचन गर्न सात बुँदे सहमति

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीबीच आगामी फेब्रुअरी ८/९ मा निर्वाचन गर्न सात बुँदे सहमति गरेका छन् । 

सहमतिपत्रमा एनआरएनएका अध्यक्ष कुमार पन्त, डा. बद्री केसी, कुल आचार्य र रविना थापाले हस्ताक्षर गरेका छन् । सहमति गराउनको लागि गंगाधर गौतम (बेल्जियम) र युवराज गुरुङ (बेलायत)ले सहजकर्ताको भूमिका खेलेका थिए । 

सहमतिपत्रमा महाधिवेशन प्रतिनिधि विवाद समाधान समितिका सदस्यहरु विश्व आदर्श पण्डित, गौरीराज जोशी, डा. यादव पण्डित, डि.बी. क्षेत्री र नारायण थापाले समेत हस्ताक्षर गरेका छन् । 

सहमति भए अनुसार जनवरी १० मा वैकल्पिक प्रतिनिधिहरू समितको नामावली प्रकाशित गर्ने, जनवरी १३ मा प्रतिनिधिहरुको आवश्यक कागजात बुझाउने अन्तिम म्याद, जनवरी १५ मा प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन, फेब्रुअरी ८÷९ मा निर्वाचन र फेब्रुअरी १४÷१५ मा अन्तर्राष्ट्रिय महाधिवेशन गर्ने रहेको छ । 

‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशनमा छनौट भएका ६५ प्रतिशत प्रतिनिधिहरूमा प्राविधिक कारणले संस्थाको विधान र नियमावलीमा निर्दिष्ट गरेका राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, आइसीसी सदस्यहरुको नाम छुट्न गएको भए सम्बन्धित व्यक्तिहरुको आवेदनको आधारमा यसपल्टको लागी मतदाता नामावलीमा समावेश गरिने छ,’ सहमतिको पहिलो बुँदामा भनिएको छ । 

यस्तै १० औं केन्द्रीय महाधिवेशनका २५ प्रतिशत प्रतिनिधिको हकमा सहमतिको आधारमा मतदाता नामावलीमा समावेश गरिने जनाइएको छ । 



३१ जुलाई २०२१ पश्चात कुनै मुलुकबाट नयाँ सदस्य बनाइएको पाइएमा थपिएका सदस्यहरुको संख्या घटाई कायम हुन जाने सदस्य संख्याको आधारमा प्रतिनिधिहरुको संख्या निश्चित गरिने सहमतिमा उल्लेख छ । 

१५ अगष्ट २०२१ भित्र प्राप्त मतदाता नामावलीमा फेरबदल भएको अवस्थामा नयाँ नामावली रद्द गरी पुरानो नामावली कायम गर्ने सहमति भएको छ । 



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १३:४२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया