हामी नेपाली हाैं भन्नेले पृथ्वीनारायण शाह बिर्सनु हुँदैन : आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका छन् ।

सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका हुन् ।

उनले पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको स्पष्ट पारे ।

नेपालीहरूले हामी नेपाली हौं भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने मन्त्री आलेकाे भनाइ छ ।

उनले भने, ‘पृथ्वीनारायण शाहलाई एक राजाका रूपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान  नेपाल राष्ट्रको निर्माणमा महान नायकको रूपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ । यदि हामीले आफूलाई नेपाली हौं भन्ने कुरामा गर्व गर्छौं भने पृथ्वीनारायण शाहलाई हामीले कहिल्यै बिर्सन सक्दैनाैं र बिर्सनु पनि हुँदैन । आफ्नो दिव्य उपदेशमा उहाँले व्यक्त गरेका अर्थतन्त्र सम्बन्धी, असंलग्न विदेश नीतिसम्बन्धी, व्यापारसम्बन्धी, राज्य सञ्चालनसम्बन्धी जुन नीति र विचारहरू दिएका छन्, ती दूर दृष्टियुक्त छन् । तिनको उपयोगिता र महत्व आज पनि त्यत्तिकै छ र तिनलाई हामीले ग्रहण गर्न अफ्ठ्यारो मान्नु हुँदैन ।’

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरू दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने जाेड दिए ।





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १४:५३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया