लेबनानमा खटिएका १० देशका सैनिकमध्ये नेपाली सेना उत्कृष्ट

संयुक्त राष्ट्रसंघको आव्हानमा लेबनानमा खटिएका दश देशका शान्ति सैनिकमध्ये नेपाली सेना सर्वोत्कृष्ट हुन सफल भएको छ । 

लेबनानमा खटिएको नेपाली सेनाको बर्द बहादुर गण ६२औं डफ्फालाई उत्कृष्ट शान्ति सैनिक घोषणा गरिएको हो । 

आफ्नो जिम्मेवारी क्षेत्रमा गरेका उत्कृष्ट योगदानको कदर स्वरुप युनिफिल मिसनका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले नेपाली शान्ति सैनिकलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरेका हुन् । 

लेबनानको नाकुरामा आयोजित एक कार्यक्रमबीच नेपाली सैनिकलाई प्रतीक र प्रशंसापत्र प्रदान गरिएको थियो । 

बर्द बहादुर गणले आफ्नो क्षेत्रमा पर्ने आठ वटै पालिकाहरुमा कोभिड किट वितरण तथा विभिन्न समयमा नगरपालिकाहरूमा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वर्द्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयहरुमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैचाको मर्मत सम्भार जस्ता प्रभावकारी जनहितका कार्यक्रमहरु संचालन गरेको थियो । 

नेपाली सेनाले लेबनानमा हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैंचा’ निर्माण गरेको थियो । 



यसका अलावा उक्त गणले लेबनान र इजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्राउँदाको दौरान विगतको अनुभवबाट पाठ सिक्दै संभावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी शसस्त्र बल तथा अन्य सरोकारवाला निकायहरुसँग अर्थपूर्ण समन्वय र सहकार्य गरेको थियो ।



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १५:१२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया