विश्वविद्यालयको परीक्षाको बसाइ ‘जेड’ आकार हुनुपर्ने

वार्षिक विदामा मिलान हुनेगरी नेपालभरका सबै आधारभूत र माध्यमिक विद्यालयहरू भोलिबाट माघ १५ गतेसम्म बन्द गरिने भएकाे छ ।

पछिल्लो समय कोरोना भाइरस र नयाँ भेरियन्ट(ओमिक्रोन)को संक्रमण बढेसँगै शिक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट माघ १५ गतेसम्मको लागि विद्यालय बन्द भएको सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । 

आधारभूत र माध्यमिक तहको विद्यालय बन्द भएता पनि विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले तय गरेको सेमेष्टर तथा परीक्षाको कार्यक्रम भने स्वास्थ्यको मापदण्ड पुरा गरेर सञ्चालन गर्न भनिएको छ।

विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानले लिने परीक्षाको बसाइ जेड आकारमा हुनुपर्ने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ । 

यस्तै बिदा अवधिभरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सबै स्थानीय तहको स्वास्थ्य चौकीमा खोप लगाउने भएको छ ।

उक्त खोप अभियानमा आफ्ना बालबालिका उपस्थित गराउन मन्त्रालयले अनुरोध समेत गरेको छ। 



विज्ञप्ति:


 



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १५:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया