जनताको विश्वास लिएर हामी फेरि सरकारमा आउँछौं: विष्णु पौडेल
फरकधार / २६ पुस, २०७८

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताको विश्वास लिएर एमाले पुनः सरकारमा पुग्ने दाबी गरेका छन् ।



संखुवासभाको आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले आफूहरु जनतामा भरोसा गर्ने बताए । 

प्रतिपक्षमा आएको कुरा मतलब नभएको बताउँदै पौडेलले सम्बोधनको क्रममा भने, ‘हामी प्रतिपक्षमा आयौं कुनै मतलबको कुरा छैन हाम्रा लागि । हामी जनतामा भरोसा गर्छौं । नेपाली जनतामा विश्वास गर्छौं । जनताको विश्वास लिएर जनतालाई साथमा लिएर हामी फेरि सरकारमा आउनेछौँ ।’



सदनको अंकगणितले एमालेलाई बाहिर ल्याएको भएपनि सरकारमा फेरि आउने पौडेलको भनाई थियो । ‘सदनको अंकगणितले हामीलाई बाहिर पुर्याएको छ । तर हामी जनताको अभिमतको आधारमा फेरि सरकारमा आउनेछौँ ,’ उनले भने ।



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १५:२९:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया