प्रधानमन्त्री कप क्रिकेटः बागमतीको सहज जित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । 

बागमतीले समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो खेलमा सोमबार मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशमाथि ४९ रनको सहज जित हात पारेको हो । 

११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १५.४ ओभरमा सबै विकेट गुमाउँदै ६५ रन मात्र बनाउन सक्यो । 

लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रनको योगदान दिए । वसिर अहमदले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बागमतीका लागि नन्दन यादवले ३, रामनरेश गिरी, सुवास खत्री र दिलक भण्डारीले २–२ तथा रिजन ढकालले १ विकेट हात पारे । 

यसअघि टस जितेर ब्याटिङ राजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । 



बागमतीका लागि सुवास खकुरेलले अर्धशतकीय पारी खेले । ५१ रन बनाएका उनले ५३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । 

कप्तान ज्ञानेन्द्र मल्लले १९ र इशान पाण्डेले १३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 



लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले २–२ तथा सिद्धान्त शाही, वसिर अहमद र विक्रम भुषालले १–१ विकेट हात पारे । 

यो जितसँगै सुखद् सुरुवात गरेको बागमतीले २ अंक जोड्दा लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।  

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १७:६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया