नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ ।

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धिहुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको हो । 

सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक,  फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१४ अंक घटेको छ ।

आज कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी  ३ उपसमूहको परिसूचक भने घटेको छ । जसमा अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी  ५.४८ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूह ३.३१ प्रतिशत बढेको छ ।  व्यापार, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक भने  १ प्रतिशतभन्दा बढी बढेको छ । यता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१८ प्रतिशत, बैंकिङ्गको ०.८२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६६ प्रतिशत घटेको छ । 

आजको कारोबारमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, खानीखोला र हिमालयन उर्जाको शेयर मूल्य भने ८ प्रतिशतभन्दा बढी बढेको छ । 



आज प्रभु सेलेक्ट फण्डको इकाई मूल्य ३.१७ प्रतिशत घटेको छ । त्यसैगरी,चन्द्रागिरी हिल्स, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा २२ करोड ७७ लाख ४० हजार रुपैयाँभन्दा बढीको शेयर कोरोबार गरेर गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । 



  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १७:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया