आज १४ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिए, परिक्षण गरिएकामध्ये १२.६९ प्रतिशतमा देखियो संक्रमण

पछिल्ला दिन नेपालमा कोरोना भाइरसको संक्रमण बढ्नेक्रम निरन्तर जारी रहेको छ । 

स्वास्थ्य तथा वातावरण मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशमा १ हजार ४४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । 

कूल ११ हजार ४२९ जनामा कोरोना परिक्षण गर्दा उक्त संख्यामा संक्रमण रहेको पाइएको हो । परिक्षण गरिएका कूल नमुनामध्ये १२.६९ प्रतिशतमा कोरोना संक्रमण रहेको पाइएको छ । 

पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर २ जनाको मृत्यु भएको छ । 

पछिल्लो चौबिस घण्टामा २५५ जना कोरोना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ८५५ पुगेकोक छ । 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १७:२५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया