एमाले कैलाली अधिवेशन : मतदान सम्पन्न, मतगणना आजै

नेकपा एमाले कैलालीका नयाँ नेतृत्वका लागि सोमबार भएको मतदान सम्पन्न भएको छ । बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । मतदानमा ५८९ मत खसेको छ । छ सय ९ प्रतिनिधि रहेकामा २० मत खसेन । मतगणना आजै राति बाट हुने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षसहित १५० पदका लागि ३ सय २९ जना चुनावी मैदानीमा उत्रेका छन् । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी परेको थियो ।
जिल्ला अध्यक्षमा विगतदेखि नै एमाले पृष्ठभूमि भएका दुई नेताबीच प्रतिस्पर्धा भइरहे पनि चुनावमा पूर्वमाओवादीविरुद्ध एमाले एक ठाउँमा देखिएको छ । 

माओवादी छाडेर एमाले रोजेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले अध्यक्षमा थापालाई सहयोग गरेका छन् ।

उनको प्यानलबाट सचिवमा पूर्वमाओवादीका दानबहादुर विक चुनावी मैदानमा छन् । भट्टले आफ्ना स्वकीय सचिव हितेश ओझालाई पनि थापा प्यानलबाटै चुनाव लडाएका छन् । भट्टसँगै एमाले सुदूरपश्चिमका सहइञ्चार्ज कर्ण थापाले पनि थापा प्यानललाई नै सहयोग गरेका छन् । 

केन्द्रीय सचिव भट्ट पक्षधरका रतन थापाविरुद्ध एमालेका नारदमुनी राना, झपट रावल, लीला भण्डारी, कमला वली, दीपक देवकोटा लगायतका नेताले मोर्चावन्दी गरेका छन् । 

उनीहरुले चन्द प्यानललाई साथ दिएका छन् । त्यो प्यानललाई एमालेका पूर्वउपाध्यक्ष भीम रावलको पनि साथ छ ।



उपाध्यक्षमा दुर्गा जोशी र सीताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचिवमा दानबहादुर विक र डेजी पाण्डेको उम्मेदवारी छ । यस्तै, उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।

१२ पदको खुला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुलातर्फ १२ महिना निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना, ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ । 



५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५–५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।

दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ । १ पदमा महिला निर्विरोध भएका छन् ।

मजदुरतर्फ पुरुष र महिला गरी ३ जना निर्वाचित भएका छन् । दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ । अपांगतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १८:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया