अर्थतन्त्रमा चुनौती छ, तर हल्ला भएजस्तो संकटउन्मुख छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन् । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

कोरोना महामारीजस्तो संकटमा समेत बैंकहरुले बढी नै मुनाफा कमाउन मात्रै ध्यान दिएको बताउँदै मन्त्री शर्माले बैंकहरु जनताको निक्षेपमा मात्रै भर नपरी संकटको बेला सबै बच्न सक्ने उपाय पनि अपनाउन जरुरी रहेको बताए । 

संकटको समयमा पनि उद्योगी व्यवसायीलाई मार पर्ने गरी ८ प्रतिशतबाट ब्याज ११ प्रतिशत पुर्याउन राम्रो नभएको भन्दै मन्त्री शर्माले को उद्योगी को व्यवसायी र को बैंकर छुट्याउन गाह्रो भएको टिप्पणी गरे । 

अब मुलुकले कुनै पनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउँदै अर्थमन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए । लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए । 

अर्थमन्त्री शर्माले अर्थतन्त्रमा धेरै चुनौती रहेको तर, बाहिर हल्ला भएजस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको जिकिर गरे । माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने बताउँदै उनले यसका लागि सरकारले काम गरिरहेको बताए । 





  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार २०:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया