काठमाडाैं उपत्यकाका बालबालिकालाई आजदेखि काेराेना विरुद्धकाे खाेप लगाइँदै

काठमाडौं उपत्यकाका बालबालिकालाई आजदेखि कोभिड-१९ भाइरसविरुद्धको खोप लगाइने भएकाे छ ।

काठमाडाैं, भक्तपुर र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खाेप लगाइने भएकाे हाे ।

काेराेना संक्रमितकाे संख्या बढेपछि सरकारले माघ १५ सम्म विद्यालय बन्द गरेकाे छ । यही अवधिमा स्थानीय तहकाे समन्वयमा विद्यार्थीलाई खाेप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार बालबालिकालाई माेडर्ना र फाइजर खाेप लगाइने छ । पहिलाे मात्रा लगाएकाे चार सातापछि दाेस्राे मात्रा दिइनेछ ।

मन्त्रालयले खाेपकेन्द्रमा गई भीडभाड नगरी बालबालिकालाई खाेप लगाउन आग्रह गरेकाे छ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ९:२०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया