पछिल्लो साता प्रत्येक दिन औषतमा २५ लाखभन्दा बढी कोरोना संक्रमित थपिदै

विश्वमा पछिल्लो एक सातामा १ करोड ७५ लाखभन्दा बढी कोरोना भाइरसको नयाँ संक्रमति थपिएका छन् ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो एक सातामा विश्वमा १ करोड ७५ लाख ७८ हजार ६९५ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो साताको तुलनामा पछिल्लो साता नयाँ कोरोना संक्रमितको संख्या ५४ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो साता विश्वमा १ करोड १३ लाख ८१ हजार १०० जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए । 

अघिल्लो साताभन्दा पछिल्लो साता विश्वमा ६१ लाख ९७ हजार ५९७ जना नयाँ संक्रमित बढी थपिएका छन् । 

पछिल्लो साता प्रत्येक दिन औषतमा २५ लाख ११ हजार २४१ जना कोरोनाका नयाँ संक्रमित विश्वमा थपिएका छन् । 

पछिल्लो साता अमेरिकामा ५१ लाख ६१ हजार ६६३, फ्रान्समा १८ लाख ८७ हजार २९५, बेलायतमा ११ लाख ९५ हजार १४८, इटालीमा ११ लाख ४२ हजार ५९८, भारतमा ९ लाख १५ हजार ५२९, स्पेनमा ७ लाख ८९ हजार ७८९, अर्जेन्टिनामा ६ लाख ५९ हजार ८७० र अष्ट्रेलियामा ५ लाख ५० हजार ६१९ जना नयाँ संक्रमित थपिएका छन् । 



अघिल्लो साताको तुलनामा पछिल्लो साता विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । वर्ल्डोमिटर्सको अनुसार पछिल्लो साता विश्वमा ४४ हजार ३०१ जनाको ज्यान कोरोनाले लिएको छ । अघिल्लो साता यो संख्या ४१ हजार ७७५ रहेको थियो । 

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 



हालसम्म विश्वमा ३१ करोड १० लाख ९९ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । कोरोना संक्रमितमध्ये ५५ लाख १२ हजार ४६८ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा कोरोना संक्रमण भएकामध्ये हालसम्म २६ करोड ६ लाख ७३ हजार ४६ जना निको भइसकेका छन् । अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या ४ करोड ४९ लाख १३ हजार ६०० रहेको छ । संक्रिय संक्रमितमध्ये ९३ हजार ७२२ जनाको अवस्था गम्भिर रहेको छ । 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ११:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया