सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा गएराती तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित २ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका–९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । 

दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका–१ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका–५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

सन्तोष कुमारले चलाएको प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान गएराती २ बजे अनियन्त्रित भएर नालीमा पल्टिएको थियो ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार ११:४५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया