बंगलादेश विरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्डको शानदार जित

घरेलु टोली न्युजियान्डले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा एक इनिङ र ११७ रनको शानदार जित हात पारेको छ । 

न्युजिल्यान्डकाे यो जितसँगै दुई टेस्टको सिरिज १-१ को बराबरीमा सकिएको छ ।

दोस्रो टेस्टको तेस्रो दिन फलोअनमा परेको बंगलादेश २७८ रनमा समेटिएपछि न्युजिल्यान्डले शानदार जितसहित सिरिज बराबरी गरेको हो ।

दोस्रो पारीमा बंलादेशका लागि लिटन दासले शतकीय पारी खेले । ११४ बलको सामना गरेका उनले १४ चौका र १ छक्काको मद्दतले १०२ रन बनाए । नुरुल हसनले ३६ र नजमुल होसेन सान्तोले २९ रनको योगदान दिए । 

न्युजिल्यान्डका काइल जेमिसनले ४, निल वाग्नरले ३ तथा टिम साउदी, ड्यारिल मिचेल र रोस टेलरले १-१ विकेट लिए । 

पहिलो पारीमा सबै विकेट गुमाउँदै १२६ रन मात्र बनाएपछि बंगलादेश फलोअनमा परेको थियो । बंगलादेशका लागि यासिर अलीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले ७ चौका सहित ५५ रन बनाए ।



नुरुल हसनले ४१ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्डले ५, टिम साउदी ३ तथा काइल जेमिसनले २ विकेट हात पारे ।



यसअघि हेग्ली ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ५२१ रन बनाएपछि पहिलो पारी समाप्तीको घोषणा गरेको थियो।

न्युजिल्यान्डका लागि कप्तान टम लाथम, डिभोन कोन्वे र टम ब्लन्डेलले उत्कृष्ट पारी खेले ।

लाथमले ३७३ बलमा ३४ चौका र २ छक्काको मद्दतमा २५२ रन बनाउँदा १०९ रन जोडेका कोन्वेले १६६ बलमा १२ चौका र १ छक्का प्रहार गरे । 

६० बलमा ८ चौका प्रहार गरेका ब्लन्डेल ५७ रनमा अविजित रहे । 

बंगलादेशका लागि सोरिफुल स्लाम र इवादोत होसेले २-२ तथा कप्तान मोमिनुल हकले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भएको थियो ।

पहिलो टेस्टमा बंगलादेश ८ विकेटले विजयी भएको थियो ।  
 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १३:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया