राप्रपा धनुषाले मनायो पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गदै आज नेपाल एकीकरण दिवस तथा ३००औँ जन्मजयन्ती देशभर मनाइँदै छ ।

जनकपुरधाममा पनि यस वर्ष राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको हो । पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाले रथयात्रा निकालेर नगर परिक्रमा गरि जन्मजयन्ती मनाएको छ ।

जानकी मन्दिर परिसरबाट निकालिएको रथयात्रा राममन्दिर, शिवचोक, जनकचोक, भानुचोक, मिल्स एरिया हुँदै पुनः जानकी मन्दिरमा पुगेर कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा बोल्दै वक्ताहरूले देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखेका थिए ।

यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको राप्रपा धनुषाका सचिव कमलेश मण्डलले बताए । उनले आजका दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने मागसमेत गरे ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रामप्रताप साह, पूर्वकेन्द्रीय सदस्य श्रवण कुमार झा, वीरेन्द्र लाल कर्ण, नथुनी लाल दास, जिल्ला सभापति रामचन्द्र यादव, उपसभापति जितेन्द्र साहलगायतकाको उपस्थिति रहेको थियो ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १३:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया