पूर्वराजा ज्ञोनन्द्र शाहले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फाेटाे फिचर)
फाइल फाेटाे

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।

आज (मंगलबार) ३००औं पृथ्वीजयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरबारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता शाहको सालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वअध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे ।

पृथ्वीजयन्तीको अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको छ ।

सो अवसरमा काठमाडौंमा भने साँस्कृतिक झाँकीसमेतको र्‍याली प्रदर्शन गरिएको छ । र्‍यालीमा उपस्थित भएकाहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन् ।

विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । 




 



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १४:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया