क्रिस मोरिसले लिए क्रिकेटबाट सन्‍न्यास

दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सबै फर्म्याटकाे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्। 

मोरिसले दक्षिण अफ्रिकाका लागि चार टेस्ट, ४२ एकदिवसीय र २३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

३४ वर्षीय मोरिसले सन् २०१२ मा जिम्बावेविरुद्धको टि-२० खेलमार्फत् अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अन्तिम टि-२० अन्तर्राष्ट्रिय सन् २०१९ मा श्रीलंकाविरुद्ध खेलेका थिए ।
 
माेरिसले टि-२० अन्तर्राष्ट्रियमा १ अर्धशकसहित १३३ रन बनाउँदा ३४ विकेट हात पारेका छन् । उनले सन् २०१३ पाकिस्तानविरुद्ध पहिलो र सन् २०१९ मा अस्ट्रेलियाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । 

माेरिसले एकदिवसीय अन्तर्राष्ट्रियमा १ अर्धशतकसहित ४६८ रन बनाउँदा ४८ विकेट लिएका छन्।  उनले सन् २०१६ मा पहिलाे र अन्तिम टेस्ट सन् २०१७ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए । यसैगरी माेरिसले टेस्टमा १ अर्धशतकसहित १७३ रन बनाउँदा १२ विकेट हात पारेका छन् । 

अब माेरिसले दक्षिण अफ्रिकाको घरेलु क्लब टाइटन्सको प्रशिक्षकका रूपमा काम गर्ने समेत जनाएका छन् । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १४:३७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया