एमाले बाजुरा अधिवेशन : मनोनयन दर्ता सुरु

नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनअन्तर्गत मनोनयन दर्ता सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएको हाे ।

नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाहलगायत शीर्ष नेताहरूकाे छलफलबाट सहमतिको खाकासमेत सार्वजनिक भएको छ ।

सहमतिको खाकामा अध्यक्ष काली बहादुर शाही, उपाध्यक्ष भरत बुढा, सचिव भरत थापा, उपसचिव हरि राेकाया र जनक बाेहाेरालाइ अगाडि सारेको छ । एक नेताका अनुसार जिल्ला कमिटीका सबै पदमा सहमतिको खाका अगाडि ल्याएको त्यहीअनुसार उम्मेदवारी दिन लगाउने बताए । 

कसैले बागी उम्मेदवारी हालेमा चुनाव हुने सम्भावना रहेकाे छ । अहिले जिल्ला समन्वय समितिकाे कार्यलयमा मनाेनयन दर्ता भइरहेको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १५:४१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया