प्रधानमन्त्री कप क्रिकेट : लगातार दोस्रो जित निकाल्दै एपिएफ शीर्ष स्थानमा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितमा विभागीय टोली नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । 

एपिएफले समूह ‘बी’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशमाथि ७ विकेटको जित हात पारेको हो । 

१२६ रनको विजयी लक्ष्य एपिएफले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो‍ । 

एपिएफका लागि लोकेश बमले अर्धशकीय पारी खेले । ५० रन बनाएका उनले २४ बलमा १० चौका र १ छक्का प्रहार गरे । अविजित रहेका प्रदीप ऐरीले ३६ र सन्दीप जोराले १५ रन जोडे । 

बागमतीका लागि रामनरेश गिरी, रिजन ढकाल र प्रतिस जिसीले १–१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान दिए ।  



नन्दन यादवले २४, सुवास खकुरेलले २१ र आदिल खानले १९ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

एपिएफका लागि अविनाश बोहराले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो र कप्तान शरद भेषवाकरले १–१ विकेट लिए । 



यो जितसँगै दुई खेलमा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा बागमतीले पहिलो पराजय बेहोरेको छ । 
एएिफले पहिलो खेलमा प्रदेश–२ लाई २४ र बागमतीले लुम्बिनी प्रदेशलाई ३९ रनले पराजित गरेका थिए ।
 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १६:२४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया