नेप्से ४९.१९ अंकले बढ्यो, ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

पछिल्लो दुई सातादेखि निरन्तर रूपमा बढेको शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।

मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उतारचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ ।

आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ । त्यस्तै आज ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि  २.२४ अंक बढेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको  छ । नेप्से उकालो लागेपनि आन कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्से परिसूचकका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक हरियाली छाएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ६.१५ प्रतिशत बढेको छ ।

लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र विकास बैंकको सूचक ३ प्रतिशत र जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.४३ प्रतिशत घटेको छ ।



आज कारोबारमा आएका ५ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ । यता माउन्टेन इनर्जी नेपालको सेयरमूल्य भने ३.५२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर कारोबार भएर अपी पावर कम्पनी पहिलो स्थानमा रहेको छ भने दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ  ।



  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १६:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया