टाइगर कप भलिबल : न्यू डायमन्डको लगातार दोस्रो जित
फाइल तस्वीर

पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप भलिबलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले लगातार दोस्रो जित हात पारेको छ । 

न्यू डायमन्डले मंगलबार पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजक टाइगर ग्रुप अफ पोखरामाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । 

न्यू डायमन्डले खेल २५–१९,२५–१३ र २५–१६ ले आफ्नो पक्षमा पार्यो‍ । यो जितसँगै २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा टाइगर ग्रुपले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 

न्यू डायमन्डले पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ सेटको जित हात पारेको थियो । पुरुषतर्फ आजै भएका खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पनि जित हात पारेका छन् । 

पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दा विभागीय डर्बीमा आर्मीले नेपाल एपिएफ क्लबमाथि ३–१ सेटको जित हात पार्यो । महिलातर्फ विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबमाथि ३–१ सेटको जित हात पारेको थियो । 
 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १७:३९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया