फरहान अख्तरको निर्देशनमा बन्न लागेको फिल्म ‘जी ले जरा’ मा विक्की कौशल र कट्रिना कैफ सँगै देखिने भएका छन् ।
निर्माताले फिल्मका लागि विक्की कौशललाई प्रस्ताव गरेको बताइएको छ । यो फिल्ममा उनी पत्नी कट्रिनाको अपोजिट रोलमा अभिनय गर्ने तयारीमा छन् ।
‘जी ले जरा’ पहिलो फिल्म हो जसमा विक्की–कट्रिना सँगै देखिने छन् । यस फिल्ममा प्रियंका चोपडा, आलिया भट्ट र कट्रिना कैफले पनि एकसाथ स्क्रिन शेयर गर्ने बताइएको छ । फरहानले निर्देशनसँगै यस फिल्मलाई अभिनय पनि गर्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।