कालापानीबारे एमालेले मागेको व्यावहारिक स्वामित्व के हो ?

नेकपा एमालेले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा भारतले बनाइरहेको सडक निर्माण तत्काल रोक्न आग्रह गरेको छ ।

एमालेका परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा बनाइरहेको सडकको काम तत्काल रोक्न भारतसँग आग्रह गरेका हुन् ।

एमाले आफूहरू भारतसँग वार्ता गर्न तयार रहेको समेत उल्लेख गरेको छ । साथै नेपाली भू-भागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न उसले सरकारसँग माग गरेको छ । 

'राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ । हाम्रो पार्टी यस विषयमा भारतसँग गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ,’ एमालेले विज्ञप्तिमा भनेको छ ।  के हो त व्यावहारिक स्वामित्व भनेको ? 

यसबारेले फरकधारसँग कुरा गर्दै एमालेका परराष्ट्र मामिला विभाग प्रमुख भट्टराईले भने ‘सैद्धान्तिक रूपमा नेपाली भूमि नेपालको संविधानमा आइसकेको छ । अहिले पनि नेपाली भूमिमा नेपाली नागरिक निर्वाध रूपमा नेपाली भनेर हिँड्न पाएका छैनन् ।’  

उनले थपे ‘एमालेले मागेको व्यावहारिक स्वामित्व भनेको कालापानी क्षेत्रमा नेपाली नागरिक र नेपालका गतिविधि नेपालका अन्य स्थानमा भएजस्तै हुनुपर्यो भन्ने हो । तत्काल भारतीय सेना उक्त स्थानबाट हट्नुपर्छ । नेपाली गतिविधि कालापानी क्षेत्रमा हुनुपर्छ ।’






  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १८:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया