नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन् ।
सोमबार भएको निर्वाचनमा धामीले ५ सय ८८ मत प्राप्त गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । धामीका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्तीले ९२ मत मात्रै प्राप्त गरे ।
उपाध्यक्षमा भने यसअघि नै चरनसिंह बुढाथोकी निर्विरोध भइसकेका छन् । जिल्लाको सचिवमा शेरसिंह धामी विजयी भएका छन् ।
यस्तै, उपसचिवमा चन्द्रादेवी कुँवर र खडक बडाल निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।