भारत–चीन सीमा विवादबारे अमेरिकाले भन्यो : छिमेकीलाई धम्की दिने बेइजिङको प्रयास

अमेरिकाले भारत–चीन सीमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । उसले सो विवादमा भारतको पक्ष लिएको छ । 

छिमेकी देशलाई धम्की दिने बेइजिङको प्रयास चिन्ता बढाउने खालको रहेको अमेरिकाको प्रतिक्रिया छ । अमेरिकाले आफू साझेदार देशसँग उभिने बताएको छ । 

भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा करिब तीन वर्षयता तनावको स्थिति बनेको छ । समस्या समाधानका लागि दुबै देशबीच सैन्य स्तरमा कैयौँपटक छलफल भएको छ । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । 

अमेरिकाको ताजा धारणा यस्तो बेलामा आएको छ जतिबेला भारत र चीनबीचको सैन्य स्तरको छलफलको १४औँ शृंखला सुरु हुन लागेको छ । 





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया