माघे संक्रान्ति नजिकिएसँगै बढ्यो चाकुको व्यापार

माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ ।

काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । 

जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई  लक्षित गरेर काठमाडौंका चाकु व्यवसायीहरू चाकु बनाउनमा व्यस्त छन् । 

चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए । उनले अहिले माघे संक्रान्ती नजिकिएकोले पनि धेरै मानिसहरु चाकु किन्न आइरहेको बताए । ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनको भनाइ छ ।

‘पहिलाको जति थियो अहिले पनि त्यत्ति नै मूल्यमा छ । भक्तपुर काठमाडौं सबैतिरबाट किन्न आएको छ । यो खाएपछि मान्छेहरूको ज्यान तात्ने, बलियो हुने हिसावले चाकु खान्छ, गर्मीमा खाँदैन, गर्मी हसनका लागि खान्छ, बर्खा महिनामा खानु हुँदैन, त्यही जोडो महिनामा धेरै बिक्री हुन्छ, गर्मी महिनामा भन्दा’ उनले भने ।

उत्पादक महर्जनले गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकोले माग अनुसारको उत्पादन गर्न नसकेको बताए ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २०:४८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया