सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

नेपाल सरकारका तीन सहसचिवको सचिवमा बढुवाका लागि सिफारिस भएको छ । 

लोक सेवा आयोगको बढुवा समितिको बैठकले रामेश्वर दंगाल, मुकुन्द निरौला र शंकर खरेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका सहसचिवहरुलाई नेपाल सरकारले सचिव पदमा नियुक्त गर्नेछ । 

आयोग अध्यक्षसहित निजले तोकेको आयोग सदस्य, मुख्यसचिव, सामान्य प्रशासन सचिव र एकजना विज्ञ रहेको समितिले  सिफारिस गरेको हो ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २१:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया