पर्यटनमन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

कैलालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले चढेको गाडी दुर्घटनामा परेको छ । जिल्लाको धनगढी उपमहागरपालिका–१५ गेटामा मोहना–अत्तरिया ६ लेन सडक मा गाडी दुर्घटनामा परेको हो ।

कञ्चनपुर महेन्द्रनगरमा हुन लागेको कार्यक्रमका लागि धनगढी विमानस्थलबाट महेन्द्रनगर जाँदै गर्दा प्रहरीको स्कर्टिङमा रहेको मन्त्री आले चढेको गाडी सडक पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार सुप प्रदेस ०१ ०० १ झ ३३३ गाडीलाई बा४च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले मन्त्रीको गाडी दुर्घटना नभएर अर्को गाडी दुर्घटनामा परेको बताए ।

 ‘मन्त्रीज्यूको गाडी स्कर्टिङमा महेन्द्रनगर गइरहेको थियो । अर्को साइडबाट आइरहेको गाडीले गाईलाई ठक्कर दिँदा मन्त्रीज्यूको गाडीमा ठक्कर दिएको हो,’ उनले भने, ‘मन्त्रीज्यूको गाडी दुर्घटनामा परेको होइन ।’ 

अर्को साइडबाट आएरइको गाडीले ठक्कर दिँदा गाई भने मरेको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । मन्त्री सवार गाडीमा आलेसहितको मन्त्रालयको टिम रहेको थियो ।

मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन् । ठक्कर दिने गाडीमा सवार सबै सकुशल जनाइएको छ । ठक्कर दिने गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार २१:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया