प्रिमियर लिग : ब्रेन्टफाेर्डमाथि साउथह्यामटनकाे सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टाेली साउथह्याम्पटनले जित निकालेकाे छ ।

साउथह्यामटनले सेन्ट मेरिज स्टेडियममा ब्रेन्टफोर्डमाथि ४-१ काे सहज जित हात पारेकाे हाे ।

खेलकाे पाँचौ मिनेटमा जान बेडनारेकले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए  ।

२३औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को बराबरीमा ल्याए ।

३७औं मिनेटमा अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २-१ ले अघि बढ्याे। 

४९औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टाेलीलाई ३-१ को अग्रता दिलाए ।



७०औं मिनेटमा एडम चेले गोल गरेपछि साउथह्यामटनले सहज जित निकाल्याे ।

याे जितसँगै २० खेलमा २४ अंक जोडेर साउथह्याम्पटन ११औं स्थानमा रहँदा ब्रेन्टफोर्ड २३ अंकका साथ १३औं स्थानमा  छ ।



  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ७:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया