हालसम्म काेराेना भाइरसबाट ५५ लाख ३ हजार ८२२ जनाकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख ३ हजार ८२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३१ करोड ३१ लाख ८६ हजार ३६८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ४२ हजार १३९  जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २० हजार ३६६ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ४ लाख ८४ हजार २१३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा ३ लाख ४१२, पेरुमा २ लाख ३ हजार ६७, रुसमा ३ लाख ११ हजार २८१, बेलायतमा १ लाख ५१ हजार ९३, इटालीमा १ लाख ३९ हजार ५५९ र  कोलोम्बियामा १ लाख ३० हजार ४६० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
 





  • प्रकाशित मिति : पुस २८, २०७८ बुधबार ८:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया